×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साना किसान कृषि सहकारी संस्थामा १२ लाख ७३ हजार चोरी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

साना किसान कृषि सहकारी संस्थामा १२ लाख ७३ हजार चोरी

Artha Sarokar

२२ असार २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सिमरा । साना किसान कृषि सहकारी संस्था लिमिटेडमा चोरी भएको छ । सहकारीको मनहर्वाको मुख्य कार्यालयबाट १२ लाख ७३ हजार ९ सय १५ रूपैयाँ चोरी भएको छ । कार्यालयको ढोका, सिसिटिभि क्यामरा, दराज र नगद राखिएको सेफ समेत तोडेर कार्यालयमा चोरी भएको हो ।

चोरी भएको घटना असार २० गते सोमबार बिहान पौने १० बजे कार्यालय खोलेपछि मात्रै थाहा भएको थियो । ईलाका प्रहरी कार्यालय सिमराले घटनाको अनुसन्धान गरिरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी