काठमाडौं । कांग्रेस सांसद मीन विश्वकर्माले संसद्मा गभर्नरले देश श्रीलंकाको बाटोमा छ भनेर आतंकित बनाएको बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले गभर्नरको बोलीका कारण आतंक मच्चिएको भन्दै सरकारले उनलाई यस्तो नबोल्न रुलिङ गर्नुपर्ने बताएका हुन् ।
‘गभर्नरले यो देश श्रीलंका हुन्छ भनेर हतोत्साही गराउने काम गर्नुभएको छ,’ उनले भने, ‘सरकारलाई सहयोग पनि भएन । यो बन्द गरिएन भने सम्बन्धित व्यक्तिलाई कारबाही गर्नुपर्ने हुन्छ । गभर्नरलाई यस्तो नबोल्न रुलिङ गर्नुपर्छ । भूकम्प गएको बेला भूकम्प आयो भन्ने सर्वसाधारणलाई थुनिन्थ्यो । आज जिम्मेवार निकायमा बस्नेले आतंकित बनाइरहेका छन् । किन कारबाही नगर्ने ?’
त्यस्तै माओवादीकी नेतृ रेखा शर्माले एम अधिकारीको नाममा एमालेको अर्थ विभागमा बसेको भन्दै कारबाहीको माग गरेकी छिन्। गभर्नरकै कारण अर्थतन्त्र बिग्रिएको उल्लेख गर्दै उनले यस विषयमा गम्भीर छानबिन हुनुपर्ने बताएकी हुन् । ‘राष्ट्र बैंकको प्रमुख एमालेको अर्थ विभागमा बस्न मिल्छ कि मिल्दैन ?’ उनको प्रश्न थियो, ‘यो विषयमा गम्भीर छानबिन जरुरी छ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्