Skip to content
LAXMI SUNRISE BANK

अर्थमन्त्रीलाई संसदमा बोल्नै नदिने एमालेको तयारी, ‘राजिनामा नदिई केहि कुरा सुनिँदैन, सुन्न बाँकी केहि छैन…’

अर्थ सरोकार

काठमाडौँ । संसदमा आफ्नो कुरा राखेर राजिनामाको तयारी गरेका अर्थमन्त्री जनार्दन शर्मालाई एमालेले संसदमा बोल्नै नदिने निर्णय गरेको छ ।  ‘अव सुन्न बाँकी केहि पनि नभएको’ भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा अर्थमन्त्री जनार्दन शर्माको स्पष्टीकरण सुन्न अस्वीकार गरेको हो ।
प्रतिनिधिसभा बैठक बस्नुअघि सभामुख अग्निप्रसाद सापकोटाको कार्यकक्षमा भएको छलफलमा माओवादी नेताहरुले अर्थमन्त्रीलाई बोल्न दिन प्रस्ताव गरेका थिए । तर एमालेले त्यसलाई ठाडो अस्वीकार गरेको हो । एमाले सहमत नभएपछि अहिले सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरुबीच छलफल भइरहेको छ ।
अर्थमन्त्रीले आज नै राजिनामा दिने तयारी गरेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK