×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

असार अर्थात ठेकेदारको दशैं ! रेकर्ड ब्रेक गर्दै सरकारले गर्यो एकैदिन साढे २५ अर्ब रुपैयाँ भुक्तानी…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

असार अर्थात ठेकेदारको दशैं ! रेकर्ड ब्रेक गर्दै सरकारले गर्यो एकैदिन साढे २५ अर्ब रुपैयाँ भुक्तानी…

Artha Sarokar

२६ असार २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । असारे बिकास, बिकासका नाममा झारा टार्ने काम मात्र होइन, ठेकेदार कम्पनीलाई दशैं पनि हो । यहि समय सरकारले दिनमै अरवौंको खर्च गर्ने गर्छ । चालु आर्थिक बर्ष सकिन्दै गर्दा पनि सरकारले सबै आफ्ना रेकर्डहरु ब्रेक गरेर दिनमै साढे २५ अर्व भुक्तानी गरेको छ । शनिबार सरकारले यति ठुलो रकम भुक्तानी गरेको हो। शनिबारको भुक्तानीसँगै सरकारको खर्च १२ खर्ब ३७ अर्ब पुगेको छ ।

आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावाली २०७७ अनुसार आर्थिक वर्ष सकिनु ७ दिन अगावै सबै खर्च गर्नुपर्ने भएकाले अव सरकारले यो आर्थिक बर्षका लागि भुक्तानी रोक्छ ।

शनिबारमात्र सरकारले विकास खर्च शिर्षकमा मात्रै सरकारले १४ अर्ब ७२ करोड भुक्तानी दिएको छ भने योसँगै सरकारको कुल विकास खर्च १ खर्ब ८९ अर्व भएको छ ।सरकारले गरेको लक्ष अनुसारको खर्च हेर्ने हो भनेचाहिँ सरकारले गरेको विकासे खर्च लक्षको ५० प्रतिशत हाराहारीमात्र हुन आउँछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी