वीरगन्ज । वीरगन्जमा सम्पन्न सेयर बजार सचेतना कार्यक्रमको सफलता पश्चात सिप्रवी सेक्युरिटीज प्रा.लि. ले FNCCI मदेश प्रदेश र NYEF जनकपुर च्याप्टरको सहकार्यमा सेभेन स्टार बैंक्वेट एण्ड होटल प्रा.लि. मा ‘इन्भेष्टर्स गाइड टु सेयर मार्केट इन नेपाल’ शीर्षकको एक दिने कार्यक्रम जुलाई २, २०२२ जनकपुरधाममा सम्पन्न गरेको छ । सो कार्यक्रमको केन्द्रबिन्दु पुँजी बजार र धित्तोपत्र बजारका आधारभूत कुराहरुका साथै सेयर कारोबार कसरी सुरु गर्ने, काम गर्ने र त्यसलाई सम्बोधन गर्ने विभिन्न अभिकर्ताहरु बारे जनचेतना फैलाउने थियो । कार्यक्रममा पुँजी बजारमा प्रवेश गर्न चाहने तर ज्ञानको अभावका कारण प्रवेश गर्न नसकेका विभिन्न कलेज, संघसंस्था र व्यक्तिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा कुल १३२ जना सहभागीहरु थिए ।
NYEF जनकपुर च्याप्टरका अध्यक्ष आशिष महतोले सयेर लगानीको आफ्नो व्यक्तिगत अनुभव साझा गर्दै सयेर कारोबारमा ध्यान दिएर लगानी गर्नुपर्नेमा जोड दिंदै पहिलो पटक जनकपुरधाममा यस्ता कार्यक्रम आयोजना गरेकोमा सिप्रवी सेक्युरिटीज प्रा.लि. प्रति खुशि र आभार व्यक्त गरेका थिए । कार्यक्रमको बैंकिङ पार्टनर हिमालयन बैंक लिमिटेड, मर्चेन्ट बैंकिङ पार्टनर हिमालयन क्यापिटल लिमिटेड र पे वालेट पार्टनर आइएमई पे रहेको थियो । सबै सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो भने सबै इच्छुक सहभागीहरुलाई नि: शुल्क डिम्याट खाता, बैंक खाता र TMS खाता प्रदान गरिएको थियो ।
सिप्रवी सेक्युरिटीज प्रा.लि. महाप्रबन्धक जयन्त श्रीवास्तवले सबै सहभागीहरुलाई प्रस्तुत गरिएका सबै कुरा सम्झाउन र राम्रो सँग सेयर कारोबार गर्न मद्दत मिल्ने गरी सिप्रवी आफैले तयार पारेको शिक्षामूलक सामग्री उनीहरुको इमेलमा पठाइने घोषणा गरे साथै उनले सिप्रवीले देशैभर नियमित रुपमा यस्ता सचेतना अभियानहरु संचालन गर्ने र नेपालको सेयर बजार प्रक्रियाको बारेमा कुनै समस्या वा जानकारीनै नभएका व्यक्तिहरुले सिप्रवीलाई आफ्नो सिप्रवी स्मार्ट सर्भिस सोलुसन सेवा मार्फत सम्पर्क गर्न सक्ने बताए । गुगल, फेसबुक,वाट्सएप, तथा भाइबर मार्फत पनि सिप्रवीलाई म्यासेज गरेर आफ्नो समस्याको समाधान पाउने विश्वास दिलाएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्