×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार बढ्यो सेयर बजार, १ अर्ब ३१ करोडमाथिको कारोबार हुँदा नेप्से २०२९.४३ बिन्दुमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सोमबार बढ्यो सेयर बजार, १ अर्ब ३१ करोडमाथिको कारोबार हुँदा नेप्से २०२९.४३ बिन्दुमा

Artha Sarokar

२ श्रावण २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सोमबार सेयर बजार बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १८.०३ अंकले बढेर २०२९.४३ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २११ कम्पनीको ३१ लाख ४२ हजार ४ सय ०२ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ९ करोड ३४ लाख ८१ हजार ५ सय २२ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यस्तै सोमबारको सेयर बजारमा सानिमा लार्ज क्याप फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । सानिमा लार्जको सेयरमा यस्तो गिरावट आउँदा कुमारी इक्युती फण्ड, सनराइज ब्लुचिप फण्ड, सिटिजन्स म्युचल फण्ड-२  र स्वबलंबन लघुवित्त वित्तीय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ९ करोड ३४ लाख ८१ हजार ५ सय २२ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा एशियन लाइफ इन्स्योरेन्स, अपि पावर कम्पनी, अपर तामाकोशी हाईड्रोपावर र गुर्खास फाईनान्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी सोमबारको सेयर बजारमा बरुण हाईड्रोपावरका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ९ प्रतिशत भन्दा धेरै हो । यस अलावा इमर्जिङ्ग नेपाल, चन्द्रागिरी हिल्स लिमिटेड र अपि पावर कम्पनी लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी