काठमाडौं । शिवम् सिमेन्टका सञ्चालक अमित मोरले राजीनामा दिएका छन् । कम्पनीको सञ्चालक समितिका सदस्य मोरले व्यक्तिगत कार्य व्यस्तता देखाएर राजीनामा दिएको बताएको छ ।
कम्पनीका अनुसार मोरले दिएको राजीनामा शुक्रबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गर्ने निर्णय गरेको हो ।