काठमाडौँ । नेपालकै प्रतिष्ठित एवम् अग्रणी ओ.पि.सि सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडले ११ करोड बोरा सिमेन्ट विक्रि गर्दै नेपाल भरी सर्वाधिक बिक्री हुने ओ.पि.सि सिमेन्ट बन्न सफल भएको छ । शिवम् सिमेन्टले स्थापना काल देखि हाल ०७९ असार मसान्तसम्मको छोटो अवधिमा नै नेपालकै सर्वाधिक ओ.पि.सि. सिमेन्ट विक्रि गर्ने उद्योग बन्न सफल भएको हो ।
शिवम् सिमेन्ट एकमात्र ओ.पि.सि उत्पादन गर्ने नेपालकै असली ओ.पि.सि सिमेन्ट हो । ओ.पि.सि मात्र उत्पादन गर्दै आईरहेको शिवम् सिमेन्टले स्थापनाकालदेखि नै आफ्नै चुनढुङ्गा खानीबाट उत्खनन् गरिएको उच्चकोटीको चुनढुङ्गाबाट गुणस्तरीय ओ.पि.सि. सिमेन्ट मात्र उत्पादन तथा विक्रि वितरण गर्दै आइरहेको छ । उत्पादन समयदेखि नै निरन्तर गुणस्तरीय सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको शिवम् आफ्नो गुणस्तरीय उत्पादनकै कारण नेपाली सिमेन्ट जगतमै पहिलो पटक नेपाल नापतौल तथा गुणस्तर विभागबाट एन. एस. क्वालिटी अवार्ड-२०१९ (NS Quality Award-2019) प्रथमबाट पुरस्कृत भएको थियो । शिवम् सिमेन्ट यसमा भएको गुणस्तरकै कारण लाखौँ ग्राहकहरूको पहिलो रोजाइमा पर्दै आइरहेको छ । व्यक्तिगत, व्यवसायिक तथा राष्ट्रिय गौरवका विभिन्न आयोजनाहरुका अनेकौं संरचना निर्माणमा शिवम् सिमेन्टले विगत लामो समय देखि महत्वपूर्ण भुमिका प्रस्तुत गर्दै आइरहेको छ ।
नेपालकै एक मात्र असली ओ.पि.सि. सिमेन्टको उपनामबाट समेत परिचीत शिवम् सिमेन्टलाई ग्राहकहरूले दिनुभएको साथ अनि उहाँहरूले गर्नुभएको विश्वास र भरोसाले गर्दा नै आज सर्वाधिक बिक्री हुने ओ.पि.सि. सिमेन्टको सुचीमा अग्रस्थान हासिल गर्न सफल भएको कम्पनीले जनाएको छ । यस सफलताको सम्पूर्ण श्रेय ग्राहकवर्ग एवम् वितरकहरूलाई प्रदान गर्दै गुणस्तरद्वारा जोडिएको आपसी अटुट सम्बन्धलाई अझै प्रगाढ अनि विस्तार गर्दै आगामी दिनमा निरन्तर गुणस्तरीय उत्पादन मार्फत यस सम्बन्धलाई थप उचाई तर्फ लैजाने प्रतिबद्धता समेत कम्पनीले जनाएको छ । ‘भरोसा अटुट सम्बन्धको’, ‘Quality को मामलामा No Compromise, ‘गुणस्तरको पहिचान हो शिवम्’ तथा ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ’ जस्ता मुल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ ।
नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओ.पि.सि. सिमेन्ट बन्न सफल भएको हो । नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा ISI, URS प्रमाणित ISO Certificate प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्