×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खुल्यो सिक्लेस हाइड्रोपावरको आयोजना प्रभावितका लागि आइपीओ, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार

PRIME CA
laxmi sunrise bank

खुल्यो सिक्लेस हाइड्रोपावरको आयोजना प्रभावितका लागि आइपीओ, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

काठमाडौं । सिक्लेस हाइड्रोपावरको आइपीओ निष्कासन भएको छ । हाइड्रोपावरले (आज) साउन ६ गतेबाट आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ निष्कासन गरेको हो ।

कम्पनीले स्थानीयलाई जारी पुँजीको ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आइपीओ  निष्कासन गरेको छ । कम्पनीले कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानीय बासिन्दाहरुका लागि आइपीओ निष्काशन गरेको हो । यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल मार्केटले गर्नेछ । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आइपीओमा  छिटोमा साउन २० गतेसम्म र ढीलोमा भदौ ५ गतेसम्म आइपीओ बिक्री खुला रहनेछ । स्थानीय बासिन्दाले माछापुच्छ्रे बैंकको मादी शाखा कार्यालय, बैंक अफ काठमान्डू, मुक्तिनाथ विकास बैंक र एनआईसी एसीया बैंकको पोखरा शाखा कार्यालयबाट उक्त आइपीओमा आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: