×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सिक्लेस हाइड्रोपावरले आयोजना प्रभावितका लागि आइपिओ बिक्री गर्ने, कहिलेदेखि दिन पाईन्छ आवेदन ?

काठमाडौं । सिक्लेस हाइड्रोपावरले आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई साउन ६ गतेदेखि आइपीओ बिक्री गर्ने लागेको हो ।

कम्पनीले स्थानीयलाई जारी पुँजीको ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेको छ । कम्पनीले कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानीय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल मार्केटले गर्ने छ । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यसमा छिटोमा साउन २० गतेसम्म र ढीलोमा भदौ ५ गतेसम्म आइपीओ खुला रहनेछ । स्थानीय बासिन्दाले यसमा माछापुच्छ्रे बैंकको मादी शाखा कार्यालय, बैंक अफ काठमान्डू, मुक्तिनाथ विकास बैंक र एनआईसी एसीया बैंकको पोखरा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: