काठमाडौं । सिन्धु विकास बैंकको वार्षिक साधारणसभा हुने भएको छ । बैंकको १२औं वार्षिक साधारणसभा साउन ६ गते हुने भएको हो । बैंकको उक्त सभा सभा मिरावल रिसोर्ट होटल, धुलिखेल, काभ्रेपलाञ्चोकमा बिहान १० बजेदेखि सुरु हुने भएको छ ।
बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लाभांश नदिने जनाएको हो । बैंक सञ्चालक समितिको असार ७ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । तर्सथ यसपटक लगानीकर्ताको हात रित्तै हुने भएको छ । सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव छ ।
यस्तै अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुने भएको छ । आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेण्डा पनि रहेको छ । सभा प्रयोजनका लागि बैंकले असार २७ गते बुक क्लोज गरिसकेको छ । तर्सथ असार २६ गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन पाउने भएका छन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्