Skip to content
LAXMI SUNRISE BANK

सिप्रदी-लोकोन्याभ अब नेपाली बजारमा उपलब्ध

अर्थ सरोकार

काठमाडौँ । नेपालको अटोमोबाइल उद्योगको अग्रणी कम्पनी सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले लोकोन्याभ नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ । लोकोन्याभ उत्कृष्ट फ्लिट म्यानेजमेन्ट सोलुसन हो जसले गाडीहरुलाई प्रभावकारीरूपले व्यवस्थापन गर्न मद्दत पुर्याउछ । गाडीको ट्रयाकिङ, इन्धन सुपरिवेक्षण र भिडियो टेलिम्याट्रिक्स जस्ता प्रयोजनका लागि लोकोन्याभ अन्यन्त उपयुक्त छ ।

‘सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले सुरुवाती दिनदेखि नै आफ्ना ग्राहकहरुको वृहत हितलाई ध्यानमा राखी अटोमोटिभ एवं सो सम्बन्धित व्यापारको क्षेत्रमा आफुलाई सशक्त ढंगले अगाडि बढाईरहेको छ । यसै परिप्रेक्षमा कम्पनीले लोकोन्याभ नेपाली बजारमा ल्याएको छ जसले गाडीको सही व्यवस्थापन गर्न ठूलो सहयोग गर्नेछ,’ सिप्रदी ट्रेडिङ्ग प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले भने।

‘यस लोकोन्याभ प्लेटफर्म मार्फत सिप्रदीले नेपालको गाडी व्यवस्थापन प्रणालीमा आमुल परिवर्तन गर्ने लक्ष्य राखेको छ ।’  यसैगरी लोकोन्याभका सहसंस्थापक श्रीधर गुप्ताले भने ‘हामी केही दिनमा नै छैठौं वर्षमा प्रवेश गर्दैछौँ र यसलाई हाम्रो नेपालस्थित सिप्रदीसँगको बलियो सहकार्यले अझ विशेष बनाउँदैछ । हामी नेपाल जस्तो आर्थिक रुपमा उदियमान बजारमा उत्कृष्ट भन्दा उत्कृष्ट फ्लिट म्यानेजमेन्ट सोलुसन प्रदान गर्न प्रतिवद्ध छौँ।

लोकोन्याभ एक यस्तो सफ्टवेयर कम्पनी हो जुन विश्वका उदियमान एवम् गतिशील बजारहरुका चालक एवम् गाडी धनीहरुको फ्लिट म्यानेजमेन्टको पहुँचलाई सरल बनाउने तर्फ केन्द्रित छ । विश्वका ५० भन्दा बढी मुलुकहरुमा उपस्थिति भएको लोकोन्याभ एउटै प्लेटफर्मबाट गाडी संचालनको प्रभावकारी व्यवस्थापन गर्न सकिन्छ । नविन प्रविधिहरुको प्रयोगमा बनेको यस प्लेटफर्मले गाडीधनी र चालकहरुलाई कम भन्दा कम खर्चमा उच्च कार्यक्षमता हासिल गर्न सहयोग गर्दछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK