काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आफु कुनै पनि दलको शुभेच्छुक संस्था नभएको स्पष्ट पारेको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै सेजनले आफु कुनै पनि दल विशेषको शुभेच्छुक नभएको र हुने नसक्ने स्पष्ट पारेको हो । केहि मिडियाले अमूक दलको शुभेच्छुक संस्थाको भेलामा सेजनले प्रतिनिधित्व भएको भनी लेखेको समाचारप्रति सेजनले खेद प्रकट गर्दै यस्तो भ्रममा नपर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ।
यस्तै सेजनले सेजनको नाम लिएर कुनै पनि दल आबद्व संगठन वा व्यक्तिले कुनै बैठक भेला आयोजना गरेका छन् भने सो काम गलत भएको र त्यसको सेजनले निन्दा गर्ने बताएको छ । सेजन पदाधिकारी र कार्यसमितिका सदस्यहरुले त्यस्ता कुनै पनि भेलामा संस्थागत प्रतिनिधित्व नगरेको र नगर्ने प्रदिबद्वतासमेत सेजनले जनाएको छ।
‘सेजनको नाम लिएर कुनै पनि दल आबद्व संगठन वा व्यक्तिले कुनै बैठक भेला आयोजना गरेका छन् भने त्यो गलत हो । त्यसको हामी निन्दा गर्न चाहन्छौं ।’ विज्ञप्तिमा अगाडी भनिएको छ- ‘सेजन पदाधिकारी र कार्यसमितिका साथीहरूले त्यस्ता कुनै पनि भेलामा संस्थागत प्रतिनिधित्व नगरेको र नगर्ने प्रदिबद्वता गर्दछौँ।’
सेजनका महासचिव भागवत भट्टराईले हस्ताक्षर गरेको सो बिज्ञप्तिमार्फत सेजनले संस्थाका सदस्य साथीहरूलाई समेत गैरराजनीतिक र विशुद्व व्यवसायिक संस्थाका रुपमा सेजनको गरिमाका विषयमा सचेत रहन आग्रहसमेत गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्