×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डोल्पा जिल्लामा ८५० धरधुरीलाई सौर्य ऊर्जा वितरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

डोल्पा जिल्लामा ८५० धरधुरीलाई सौर्य ऊर्जा वितरण

रासस

८ श्रावण २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

जाजरकोट । केन्द्रीय विद्युत् लाइनको पहुँचमा नपुगेको डोल्पा जिल्लास्थित मुड्केचुला गाउँपालिकामा सौर्य ऊर्जा वितरण गरिएको छ । सो गाउँपालिकाको वडा नं १, २, ३, ७, ८ र ९ का ८५० घरधुरी प्रतिपरिवारलाई १०० वाटको सोलार (सौर्य ऊर्जा) वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । साना लघुजलविद्युत् आयोजनाबाट छुटेका र केन्द्रीय विद्युत् प्रसारण लाइन पुगिनसकेका कारण सौर्य ऊर्जा वितरण गरिएको उनले बताए ।

नेपाल विद्युत् प्राधिकरण र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय कर्णालीले डोल्पालाई तत्काल विद्युतीकरण गर्नका लागि पालिकास्तरमै बोलपत्र आह्वान गरेर काम सुरु गरेका छन् । मुड्केचुला तल्लो डोल्पामा पर्दछ । हिमाली जिल्लामा केन्द्रीय लाइन विस्तार हुन नसकेका ठाउँमा सोलार प्रविधिबाट विद्युत् लिने प्रदेश सरकारको लक्ष्य छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी