काठमाडौं । श्रीलंकाको राष्ट्रपति भवन कब्जा गर्न पुगेका प्रदर्शनकारीले लाखौँ रुपैयाँ भेटेका छन् ।
सामाजिक संजालमा पैसा गनिरहेको एउटा भिडियो भाइरल भएको छ । जुन भिडियो श्रीलंकाको राष्ट्रपति भवन भित्रको रहेको र पैसा गन्नेहरु प्रदर्शनकारी रहेको दाबी श्रीलंकाली सञ्चार माध्यमले गरेका छन् ।
श्रीलंकाली सञ्चार माध्यम डेली मिररले त्यो पैसा सुरक्षा निकायलाई हस्तान्तरण गरिएको जनाएको छ ।
आफ्नो देशको अर्थतन्त्र टाटँ पल्टिएपछि आक्रोशित श्रीलंकन नागरिकले शनिबार प्रधानमन्त्री र राष्ट्रपतिको निवासमा कब्जा जमाएका थिए ।