×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

श्रीलंकाका पूर्व अर्थमन्त्री बसेल राजापक्षेलाई विदेश जान रोक !, प्रदर्शनकारीले एयरपोर्टमै रोकेर गरे हङ्गामा !

काठमाडौं । श्रीलंकाका पूर्व अर्थमन्त्री बसेल राजापक्षेलाई विदेश जान रोक लगाइएको छ । दुबई प्रस्थान गर्न विमानस्थल पुगेका राजापक्षेलाई प्रदर्शनकारीहरुले उड्नमा रोक लगाएका हुन् ।

उनी दुबई प्रस्थान गर्नका लागि विमानस्थल पुगेपनि यात्री प्रदर्शनकारीको विरोधका कारण अध्यागमन पार गर्न भने नपाएको बताएको छ । देश आर्थिक संकटमा फसेपछि राष्ट्रपति गोटावायाको निर्देशनमा बसेलले गत अप्रिलमा राजीनामा दिएका थिए । राष्ट्रपति गोटावाया तथा पूर्व राष्ट्रपति महिन्दा राजापक्षेका भाइ बसेलसँग श्रीलंका र अमेरिकाको दोहोरो नागरिकता रहेको आरोप छ ।

प्रदर्शनकारीहरुले राजपक्षे परिवारका सदस्यका साथै राजनीतिक दलका उच्च नेताहरुलाई विदेश जानबाट रोक्नका लागि विमानस्थलमा पनि चेकपोष्ट राखेर बसेका छन् । देश आर्थिक संटकमा फसेपछि आक्रोशित स्थानीयबासिन्दाले गत शनिबार राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जा गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: