×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

अन्तत : देश छाडेर भागे श्रीलंकाका राष्ट्रपति !

काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोताबाय राजपाक्ष देश छाडेर भागेका छन् । मुलुकमा आर्थिक संकटको विषयलाई लिएर चर्किइरहेको आन्दोलनकाबीच राजपाक्ष सेनाको विमानबाट देश छाडेर भागेका हुन् ।राष्ट्रपतिको कार्यालय र निवास  सर्वसाधारणले कब्जामा लिएपछि श्रीलंकामै लुकेर बसिरहेका राजापाक्षे मंगलबार राती मुलुक छोडेर भागेका हुन् ।

राजपाक्षको बहिर्गमनसँगै श्रीलंकामा एक दशकभन्दा लामो समयदेखिको एक परिवारको शासनको पनि अन्त्य भएको बताइएको छ । बीबीसीलगायत अन्तर्राष्ट्रिय संचार माध्यमहरुकाअनुसार  सोमबार राति ३ बजे स्थानीय समयमा राजपाक्ष माल्दिभ्स पुगेका छन् । उनिसँग उनका भाइ तथा अर्थमन्त्री बासिल राजपाक्ष पनि देश छाडेर भागेका छन् । यसअघि श्रीलंकाबाट दुबई भाग्ने प्रयास भने असफल भएको थियो ।  उनले बुधबार राजीनामा दिने घोषणा गरेका थिए ।

राष्ट्रपति गोटावाया तथा पूर्व राष्ट्रपति महिन्दा राजापक्षेका भाइ बसेलसँग श्रीलंका र अमेरिकाको दोहोरो नागरिकता रहेको आरोप छ । प्रदर्शनकारीहरुले राजपक्षे परिवारका सदस्यका साथै राजनीतिक दलका उच्च नेताहरुलाई विदेश जानबाट रोक्नका लागि विमानस्थलमा पनि चेकपोष्ट राखेर बसेका थिए । देश आर्थिक संटकमा फसेपछि आक्रोशित स्थानीयबासिन्दाले गत शनिबार राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जा गरेका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: