×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

प्रधानमन्त्री विक्रमसिंघेद्धारा श्रीलंकालाई संकटकाल घोषणा !

काठमाडौं । आर्थिक संकटमा फसेको श्रीलंकालाई संकटकाल घोषणा गरिएको छ । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेले सूचना निकालेर देशलाई संकटकाल घोषणा गरेका हुन् । श्रीलंकामा राजनीतिक तथा आर्थिक संकट उत्पन्न भएका बेलामा संकट लागू गरिएको हो ।

प्रधानमन्त्रीको कार्यालयले निकालीएको सुचनाबाट सरकारले पश्चिमी प्रान्तमा कर्फ्यु आदेश पनि जारी गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । राष्ट्रपतिको कार्यालय र निवास सर्वसाधारणले कब्जामा लिएपछि श्रीलंकामै लुकेर बसिरहेका राष्ट्रपति गोताबाय राजपाक्ष मंगलबार राती मुलुक छोडेर भागेका छन् । उनी भागेर माल्दिभ्स पुगे लगत्तै विक्रमसिंघेले देशमा ‌संकटकाल घोषणा गरेका हुन् ।

राष्ट्रपतिले बुधबार राजीनामा दिने बताएका थिए । देश आर्थिक संकटमा फसेपछि नागिरकले राष्ट्रपति र प्रधानमन्त्री दुबैको राजीनामा मागेर प्रदर्शन गरिरहेका छन् । राष्ट्रपति भवन कब्जा गरेका प्रदर्शनकारीले दुबैले राजीनामा निदएसम्म आफूहरु घर नफर्कने अडान लिएका छन् ।

राष्ट्रपति गोटावाया तथा पूर्व राष्ट्रपति महिन्दा राजापक्षेका भाइ बसेलसँग श्रीलंका र अमेरिकाको दोहोरो नागरिकता रहेको आरोप छ । देश आर्थिक संटकमा फसेपछि आक्रोशित स्थानीयबासिन्दाले गत शनिबार राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जा गरेका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: