काठमाडौँ । आर्थिक संकटले थिलोथिलो भएको श्रीलंकामा अहिले इन्धनको चरम अभाव छ । इन्धनको संचिति कम भएको भन्दै त्यहाँको लङ्का इन्डियन आयल कम्पनी (LIOC) ले केहि दिन अगाडीदेखि इन्धन वितरण बन्द गरेको थियो । तर आन्दोलनको आँधीबेरीले सत्ता नै ढल्ने स्थितिमा रहेको श्रीलंकाले जनदबाब थेग्न नसकेर इन्धन वितरण सुचारु गरेको छ । त्यहाँको त्रिन्कोमाली टर्मिनल २४ सै घण्टा इन्धन वितरण हुने कम्पनीले जनाएको छ ।
यस्तै इन्धन अभावकै कारण बन्द भएका बस सेवा र रेल सेवा पनि संचालनमा आएका छन् । आइतबार विहानदेखि रेल सेवा संचालनमा आएको त्यहाँको रेल विभागले जनाएको छ । रेल विभागले रेल सेवा संचालन गरेसँगै त्यहाँका यात्रुहरुले रेलबाट यात्रा गर्न सुरु गरेका छन् । यसैबीच, आन्दोलनका कारण सत्ता नै पल्टिने भएपछि श्रीलंका यातायात बोर्ड (एसएलटीबी) ट्रेड युनियनले सुरु गरेको हडताल पनि फिर्ता लिइएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्