×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्ट्याण्डर्ड चार्टर्ड बैंकको खुद नाफामा ६२.२७ प्रतिशतले वृद्धि, अन्य सूचकमा पनि उल्लेख्य बढोत्तरी…(विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

स्ट्याण्डर्ड चार्टर्ड बैंकको खुद नाफामा ६२.२७ प्रतिशतले वृद्धि, अन्य सूचकमा पनि उल्लेख्य बढोत्तरी…(विवरणसहित)

Artha Sarokar

११ श्रावण २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको खुद नाफामा ६२.२७ प्रतिशतले वृद्धि भएको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले अघिल्लो आर्थिक वर्षका तुनालामा आधाभन्दा बढी नाफा भएको छ ।

अघिल्लो आर्थिक वर्षको समिक्षा अवधीसम्म बैंकको खुद नाफा १ अर्ब ३९ करोड ८८ लाख रुपैँया रहेको थियो । जबकी गत आर्थिक वर्षको सोही अवधिमा बैंकको सो नाफामा ६२.२७ प्रतिशतले वृद्धि भई कुल खुद नाफा २ अर्ब २६ करोड ९८ लाख रुपैयाँ पुगेको छ । बैंकका अनुसार खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा वृद्धि भएसँगै इम्पेरमेन्ट चार्ज घट्नुले बैंकको नाफामा वृद्धि गरेको हो ।

त्यस्तै बैंकको खुद ब्याज आम्दानी ४४.८६ प्रतिशतले वृद्धि भएको छ । खुद फि तथा कमिसन आम्दानी ३३.१९ प्रतिशतले वृद्धि हुँदा बैंकको कुल सञ्चालन आम्दानी ३१.६७ प्रतिशत र सञ्चालन मुनाफामा ६१.५४ प्रतिशतले बढोत्तरी भएको छ । गत आर्थिक वर्षका अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५९ करोड ३६ लाख रुपैयाँ रहेको छ । त्यस्तै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ । बैंकको यस्तो आम्दानी ७ रुपैयाँ ७५ पैसा बढेर २४ रुपैयाँ ७ पैसा पुगेको छ । समिक्षा अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.४६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९२ रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष १३.४० प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप ६.९२ प्रतिशत र कर्जा २६.८६ प्रतिशत बढेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी