×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाली ‘स्टार्ट-अप’का अभियानताको गुनासो- ‘सरकारले स्टार्ट अप चिनेन, स्टार्टअप गर्छु भन्नेले स्टार्ट अप नै बुझेनन्’

GLOBAL IME BANK

नेपाली ‘स्टार्ट-अप’का अभियानताको गुनासो- ‘सरकारले स्टार्ट अप चिनेन, स्टार्टअप गर्छु भन्नेले स्टार्ट अप नै बुझेनन्’

२१ असार २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपालमा व्यवसायिक दुनियाँमा सबैभन्दा बढी केहिको कुरा हुन्छ भने, ती विषयहरुमध्ये पर्छ स्टार्टअप । सरकारले पनि स्टार्टअपलाई प्रोत्साहन गर्ने नीति भन्दै विभिन्न योजनाहरु पनि ल्याएको छ । तर नेपालमा लामो समयदेखि यसै क्षेत्रमा काम गरिरहेकाहरु भने सरकारले स्टार्टअप नै नबुझेको तर्क गर्छन् । यसैबीच हामीले स्टार्ट अप हब नेपालका अध्यक्ष सम्भु पोखरेलसँग स्टार्ट अपका बारेमा खास कुराकानी गरेका छौं । उनीसँग हामीले यस विषयमा आम बुझाई, सरकारको बुझाई र यथार्थतामा के फरक छ भन्ने विषयमा विशेष संवाद गरेका छौं ।

सम्भु पोखरेल बिगत लामो समयदेखि नेपालमा स्टार्ट अपका अभियानताका रुपमा काम गरिरहेका छन् । स्टार्टअप हब नेपालका प्रमुख समेत रहेका उनी अहिले स्टार्टअप वर्ल्डकप नेपालको फाइनलका लागि तयारी गरिरहेका छन् । स्टार्टअप वल्र्डकपको नेपाल क्षेत्रिय प्रतिष्पर्धा असार २२ गते हुँदैछ । विश्वका ७० देशमा हुने प्रतिष्पर्धा नेपालमा पहिलो पटक भौतिक रुपमा हुन लागेको हो ।

गत बर्ष कोभिड महामारीका कारण सरकारले जारी गरेको लगडाउनले गर्दा स्टार्टअप वल्र्डकपको नेपाल क्षेत्रीय प्रतिश्पर्धा अनलाईन गरिएको थियो । प्रतिश्पर्धाको फाइनलमा पुगेका बिभिन्न १० उत्कृष्ट स्टार्टअपहरुले नेपालकोspespe फिनालेमा भाग लिन पाउनेछन् भने फाईनलमा पुगेका टप १० मध्येबाट विजेता १ जना कालिफोर्नियाको सिलिकन भ्यालीमा हुने फाईनलमा सहभागी हुन पाउनेछन् ।

यी र यिनै विषय समेटिएको संवाद प्रस्तुत छ अर्थ सरोकारको नियमित प्रस्तुती ‘मार्केट टक’मा

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: