×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकको खुद नाफामा ४८.६९ प्रतिशतले वृद्धि, ईपिएस बढ्यो, अन्य सूचकमा पनि उस्तै सुधार (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सनराइज बैंकको खुद नाफामा ४८.६९ प्रतिशतले वृद्धि, ईपिएस बढ्यो, अन्य सूचकमा पनि उस्तै सुधार (विवरणसहित)

Artha Sarokar

८ श्रावण २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा खुद नाफामा उल्लेख्य सुधार गरेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै अघिल्लो आर्थिक वर्षको तुलनामा ४८.६९ प्रतिशत बढी खुद नाफा कमाएको जनाएको छ ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकको खुद नाफा १ अर्ब ४४ करोड ६५ लाख रहेको थियो । गतवर्ष भने बैंकको सो आंकडामा ४८.६९ प्रतिशतले वृद्धि भई बैंकको कुल खुद नाफा २ अर्ब १५ करोड ९ लाख पुगेको छ । बैंकले गैर सञ्चालन खर्च घटेका कारण बैंकको नाफामा उल्लेख्य बढोत्तरी भएको प्रक्षेपण गरेको छ ।

गत आर्थिक वर्षमा बैंकको खुद ब्याज आम्दानी २९.९७ प्रतिशत बढेको छ । खुद फि तथा कमिसन आम्दानीमा भने ३.४१ प्रतिशतले गिरावट आएको छ । त्यस्तै बैंकको कुल सञ्चालन आम्दानी २१.५६ प्रतिशत र सञ्चालन मुनाफा १९.९० प्रतिशत बढेको छ । इम्पेरमेन्ट चार्ज बढेसँगै सञ्चालन मुनाफामा केही दबाब परेको हो। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २५ करोड ६१ लाख रुपैयाँ रहेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस)मा पनि ६ रुपैँया १ पैसाले वृद्धि भएको छ । समीक्षा अवधिमा बैंकको ईपिएस २१ रुपैयाँ २६ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात ९.७४ गुणा रहँदा प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ २९ पैसा रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ६.६५ प्रतिशत बढेको छ भने जगेडा कोष २५.०८ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप २३.६५ प्रतिशत र कर्जा १९.५६ प्रतिशत बढेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी