काठमाडौँ । चाईनिज सुपर लिग (CSL) आइतबार देखि नेपाली दर्शकहरुले एक्सन स्पोर्टस्मा हेर्न पाउने छन् । नेपाली समय अनुसार आईतवार ४ः१५ बजे चाईनिज क्लवहरु डालिन प्रो र सान्दोङ टाईसान मैदानमा उत्रदैछन् । यस्तै सोमबार ५ः१५ मा सेन्जेन र बेईजिङ तथा मंगलबार ४ः१५ मा साङ्घाई पोर्ट सँग उहान थ्रि टाउनले प्रतिस्पर्धा गर्नेछ।
चार चरणमा विभाजन गरि खेलाईएको चाईनिज सुपर लिग (CSL) मा क्रमशः १०, ८, ८ र ८ राउन्ड खेल हुनेछ । आईतबार देखी पहिलो चरणको १० औँ राउण्डको खेलहरु एक्सन स्पोर्टस्ले प्रशारण गर्न लागेको हो। चाईनिज सुपर लिगको यस सिजनमा कुल १८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।
विश्वकप, युरोपियन लिग, लगाएत अन्य लिगहरु रुचाउँदै आएको नेपाली फुटबल प्रेमी दर्शकहरुलाइर्, चाईनिज सुपर लिग (CSL) नयाँ फुटबल लिग थप हुनुको साथै विश्वस्तरीय फुटबल खेलाडिहरु ब्राजिलियन खेलाडि ओस्कार, सर्जिन्ह्यो, एन्डरसन सिल्भा बेल्जियमका फेलानी, कंगोका सेड्रिक बकाम्बु, स्विडेनका लार्सन विभिन्न क्लबहरुबाट प्रतिस्पर्धा गर्ने हुँदा आकर्षणको केन्द्र हुने भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्