काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बाह्य क्षेत्रमा देखिएको दबावलाई व्यवस्थित गराउने प्रयासले अर्थतन्त्रमा दोहोरो समस्या पर्नसक्ने बताएका छन् । प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिले आज आयोजना गरेको मौद्रिक नीति सम्बन्धी छलफलमा उनले यस्तो भन्दै राष्ट्र बैंकलाई समेत सचेत गराएका हुन् ।
विदेशी मुद्रा सञ्चितिमा चाप पर्नसक्ने र आर्थिक गतिविधि सिथिल हुने पूर्व अर्थमन्त्री पाण्डेले अनुमान गरेका छन् । उनले भने, ‘बाह्य क्षेत्रका समस्यालाई आधार मानेर जुन नीति लिनु भएको छ, तरलताको माग नै घटाएर समस्या समाधान गर्ने तपाईंहरूको प्रयास छ, यसले आर्थिक गतिविधि, रोजगारी सिथिलता आउँछ, मूल्यवृद्धि झनै बढाउँछ ।’ यसले सरकारले अगाडि सारेको लक्ष्य पनि पूरा नहुने पूर्वमन्त्री पाण्डेको भनाइ छ । ‘आर्थिक वृद्धि ८ प्रतिशत र मुद्रास्फीति ७ प्रतिशत भनेको छ, ७ प्रतिशत मुद्रास्फीति लक्ष्यले नियन्त्रणमा जाउ भनेको छ, जुन अर्थमन्त्रालयले कति बुझेर राख्यो ? तपाईंहरूले कति बुझ्नु भएको छ ?’ उनले प्रश्न गरे । उक्त चापलाई समाधान गर्ने चालेका कदमले अर्थतन्त्रमा मन्दीको जोखिम रहेको उनले बताएका हुन् ।
विदेशमा पढ्न जानेलाई १० महिनामा ५१ अर्ब लगेको तथ्यांक प्रस्तुत गर्दै उनले अध्ययनमा जानेलाई सटही सुविधा दिन शर्त लगाउन सकिने बताए । ‘यसले राज्यलाई योगदान गरेको छैन भने अध्ययनमा जानेलाई सटही सुविधा दिन शर्त किन लागू नगर्ने ?’ उनले प्रश्न गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्