Skip to content
LAXMI SUNRISE BANK

जगदम्बा मोटर्सको नयाँ शोरुम ‘टोखामी अटो हब’ टोखामा संचालन

अर्थ सरोकार

काठमाडौँ । नेपालमा टिभीएसको दुई पांग्रे सवारीसाधनको एकमात्र वितरक जगदम्बा मोटर्सले काठमाडौंको टोखा-३, स्थुलि, स्थित पूर्ण सुविधासहितको नयाँ शोरुम ‘टोखामी अटो हब’ सञ्चालनमा ल्याएको छ ।

टोखाको नयाँ शोरुममा बोल्दै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले भने-‘टिभीएसमा ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्न हामी सधैं प्रयासरत छौं। ग्राहकहरूलाई थप प्रभावकारी र छिटोछरितो रूपमा सेवा दिन नयाँ सुविधाहरू थपिएको छ। TVS ले निरन्तर रूपमा आफ्ना ग्राहकहरूको सुविधा र गुणस्तरीय सेवा मा ध्यान दिईरहेको छ।’

जगदम्बा मोटर्स प्रा.लि. टिभीएसको एक मात्र आधिकारिक वितरक हो ।  नेपालभर १३२ भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालको साथ,टिभीएसले बजारमा आफ्नो बलियो पकड कायम राख्न र आफ्ना ग्राहकहरूको मनमा आफूलाई स्थान बनाउन सक्षम भएको दाबी कम्पनीको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK