×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

धनीका कुरा : फेक एकाउन्टको संख्या अत्याधिक पाइएपछि मस्कले गरे ट्वीटर नकिन्ने निर्णय, ट्वीटरले पनि मुद्धा नहाल्ने !

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले ट्वीटर खरिद नगर्ने निर्णय गरेका छन् । मस्कले ट्वीटरलाई एक पत्र पठाउँदै ट्वीटर खरिद गर्ने सम्झौता भंग गरेको घोषणा गरेका हुन् । शुक्रबार मस्कको टिमले ट्वीटरलाई लेखेको पत्रमा ट्वीटरले सम्झौताको विभिन्न प्रावधानहरूको भौतिक उल्लंघन गरेको हुँदा खरिद सम्झौताबाट पछि हट्ने निर्णय गरिएको दाबी गरेका हुन् ।

मस्कले ट्वीटरमा रहेका फेक अकाउन्टहरूको बारेमा प्रष्ट जानकारी माग गरेको तर ट्वीटरले त्यो उपलब्ध नगराएको विषयलाई सम्झौता भंग गर्ने प्रमुख आधार मानिएको छ । केही समयअघि एलन मस्कले ट्वीटरमा २० प्रतिशत फेक तथा स्पाम अकाउन्ट भएको दाबी गरेका थिए । जब कि यो संख्या ट्वीटरले दाबी गरेको ५ प्रतिशतभन्दा ४ गुणा धेरै हो । ट्वीटरले फेक तथा स्पाम अकाउन्टको यथार्थ विवरण नदिएमा कम्पनी खरिद नगर्ने मस्कले लामो समयदेखि बताउँदै आएका थिए ।

ट्वीटर अदालत जाने

तर उता मस्कले ट्वीटर खरिद नगर्ने निर्णय गरेपछि ट्वीटर कम्पनीले भने उनीविरुद्ध मुद्दा दायर गर्ने भएको छ । मस्क ट्वीटर खरिद गर्ने निर्णयबाट पछि हटेपछि कम्पनीले उनी विरुद्ध मुद्दा दायर गर्ने बताएको हो । ट्वीटर कम्पनीका बोर्ड अध्यक्ष ब्रेट टेलरका एक ट्वीटमा भनेका छन् एलन मस्कसँग भएको सहमति अनुसारको मूल्य तथा शर्तमा खरिद बिक्री कार्यलाई टुंग्याउन ट्वीटर प्रतिबद्ध छ । खरिद सम्झौता लागू गराउनका लागि कानुनी कार्बाहीको योजना बनाइरहेको पनि उनले बताएका छन् ।

उनले डेलावेर अदालतमा मुद्दा हालिने जानकारी दिंदै अदालतमा ट्वीटरको विजय हुने पनि अपेक्षा गरेका छन् । वास्तवमा टेस्लाका सीईओ एलन मस्क आफैंले ४४ अर्ब डलरमा ट्वीटर खरिद गर्ने प्रस्ताव गरेका थिए । तर पछि खरिद सम्झौताबाट पछि हट्ने संकेत गर्दै उनले ट्वीटरका फेक तथा स्पाम अकाउन्टको संख्या पाँच प्रतिशतभन्दा कम भएको प्रमाणित गर्नुपर्ने शर्त अगाडि सारेका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: