×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रुस–युक्रेन युद्ध : रुसी आक्रमणमा परी युक्रेनी व्यवसायी ‘ओलेक्सी’को मृत्यु

काठमाडौँ । लामो समयदेखि चर्किएको रुस–युक्रेनको युद्धमा परी एकजना युक्रेनी व्यवसायीको मृत्यु भएको छ । आइतबार माइकोलेभ सहरमा रुसले गरेको आक्रमणमा परी युक्रेनी व्यवसायी भादातुर्स्कीको मृत्यु भएको हो । उनीसँगै आलेक्सीकी पत्नी राइसाको पनि मृत्यु भएको छ ।

७४ वर्षीय ओलेक्सी निबुलोन कम्पनीका मालिक हुन् । ओलेक्सी ‘हिरो अफ युक्रेन’बाट पनि सम्मानित भईसकेका छन् । माइकोलेभ सहरमा भएको सबैभन्दा ठूलो बमबारीमा परी उनीसँगै उनकी पत्नीको समेत मृत्यु भएको हो । बीबीसीका अनुसार सहरका प्रमुख होटेल, स्पोर्ट्स कम्प्लेक्स, विद्यालय र नागरिकका घरहरू आक्रमणमा ध्वस्त भएका छन् । युक्रेनी मिडिया द किभ इन्डिपेन्डेन्टका अनुसार सन् २०२१ सम्मको तथ्यांकअनुसार ओलेक्सीको कुल सम्पत्ति ४ सय मिलियन डलर (करिब ५० अर्ब नेपाली रुपैयाँ) रहेको छ ।

युक्रेनले उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो)को सदस्यता लिने तयारी गरेपछि रुष्ट बनेको रुसले फेब्रुअरी २४मा आक्रमण सुरु गरेको हो । त्यसयता १५ हजार युद्ध अपराधका घटना भएका युक्रेनी अधिकारीको दाबी छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: