×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अप्पर सोलु हाइड्रोको १९ लाख ५७ हजार ५०० कित्ता आईपीओमा आवेदन दिने आज अन्तिम दिन, तपाईं छुट्नु त भएन ?

अर्थ सरोकार

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार

PRIME CA

अप्पर सोलु हाइड्रोको १९ लाख ५७ हजार ५०० कित्ता आईपीओमा आवेदन दिने आज अन्तिम दिन, तपाईं छुट्नु त भएन ?

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आइपीओमा आवेदन दिने आज बिहिबार अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । आज कार्यालय समयसम्म कम्पनीको सो आईपीओमा आवेदन दिन पाइनेछ ।

कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेको हो । निष्काशन गरिएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ ।

लगानीकर्ताले बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: