×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भिभो बन्यो फिफा विश्वकप फुटबल २०२२ कतारको आधिकारिक प्रायोजक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भिभो बन्यो फिफा विश्वकप फुटबल २०२२ कतारको आधिकारिक प्रायोजक

Artha Sarokar

२० असार २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । भिभो, ग्लोबल स्मार्टफोन ब्रान्डले सबैभन्दा प्रख्यात अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता फिफा विश्वकप कतार २०२२ सँग आधिकारिक प्रायोजकको रूपमा आफ्नो साझेदारी घोषणा गरेको छ । सन् २०१७ देखि भिभो फिफा विश्वकपको दुई संस्करणमा आधिकारिक स्मार्टफोन भइसकेको छ । यस वर्ष, विश्वभरका फुटबल फ्यानहरूसँग अविस्मरणीय अनुभव सिर्जना गर्न उक्त प्रतियोगिता यहीँ २१ नोभेम्बर, २०२२ देखि कतारमा आयोजना हुनेछ । यस साझेदारीसँगै भिभोले फिफा विश्वकपमा आधिकारिक प्रतीक र आधिकारिक ब्रान्ड पहिचान प्रयोग गरेर विश्वभरका फुटबल फ्यानहरूसँग जोडिन अद्वितीय प्रवर्धनहरू संचालन गर्नेछ ।

यसका साथै, भिभोले इमर्सिभ ग्राहक अनुभवहरू सिर्जना गर्दै ग्राउन्डब्रेकिंग स्मार्टफोन टेक्नोलोजीलाई अगाडि बढाएर अन्तर्राष्ट्रिय स्तरमा वृद्धि गर्ने प्रयास गरिरहेको छ । साझेदारीको उत्साह व्यक्त गर्दै भिभो नेपालका सीईओ माइकलले भने , ‘फिफा विश्वकप २०२२ कतारसँगको यो सहकार्य भिभोका लागि निर्णायक क्षण हो । ‘सुन्दर खेल’ भनेर चिनिने फुटबलसंग उमेर, जात, लिङ्ग र संस्कृतिको बावजुद विश्वभरका अर्बौंलाई आनन्द प्रदान गर्ने र एकसाथ ल्याउने सक्ने शक्ति छ । वास्तवमा, यसको साँच्चिकै विश्वव्यापी पहुँच छ – यसले विश्वभरका अरबौंलाई प्रभाव पार्ने र प्रेरित गर्ने क्षमता राख्दछ, जसले प्रतिष्ठित फिफा विश्वकप कतार २०२२ लाई भिभोका लागि एक आदर्श मञ्च बनाउँछ, किनकि हाम्रो विश्वका ६० भन्दा बढी देश र क्षेत्रहरूमा उपस्थिति रहेको छ । यो साझेदारीले खेलकुदलाई प्रबर्द्धन गर्ने हाम्रो अन्तर्निहित मूल्यलाई प्रतिबिम्बित गर्दछ जसले लाखौं मानिसहरूलाई आनन्दित तुल्याउँदै विश्वभरका उपभोक्ताहरूका लागि एक अद्वितीय अनुभव प्रदान गर्दछ ।’

दक्षिण एसियामा शुरुवात गरेदेखि नै, भिभोको ध्यान र प्रतिबद्धता स्थानीय ग्राहकहरूलाई उत्कृष्ट उत्पादन अनुभवहरू उपलब्ध गराउनमा रहेको छ । साथै भिभोको स्थानीयकृत उत्पादन र मार्केटिंग रणनीतिहरूले गर्दा बजार हिस्सामा द्रुत वृद्धि देखेको छ । भिभोले प्रयोगकर्ताहरूलाई केन्द्रित गर्दै अग्रगामी स्मार्टफोन प्रविधिहरू प्रदान गर्न निरन्तर जारी राख्नेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी