×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा पहिलो पटक भौतिक रुपमा स्टार्टअप वल्र्डकप २०२२ हुँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपालमा पहिलो पटक भौतिक रुपमा स्टार्टअप वल्र्डकप २०२२ हुँदै

Artha Sarokar

२० असार २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । स्टार्टअप वल्र्डकपको नेपाल क्षेत्रिय प्रतिष्पर्धा असार २२ गते हुने भएको छ । विश्वका ७० देशमा हुने प्रतिष्पर्धा नेपालमा पहिलो पटक भौतिक रुपमा हुन लागेको स्टार्टअप वल्र्डकपको नेपालको पार्टनर स्टार्टअप हब नेपालले जनाएको हो ।

गत बर्ष कोभिड महामारीका कारण सरकारले जारी गरेको लगडाउनले गर्दा स्टार्टअप वल्र्डकपको नेपाल क्षेत्रीय प्रतिश्पर्धा अनलाईन गरिएको थियो । प्रतिश्पर्धाको फाइनलमा पुगेका बिभिन्न १० उत्कृष्ट स्टार्टअपहरुले नेपालको फिनालेमा भाग लिन पाउने आयोजकले जनाएका छन् । फाईनलमा पुगेका टप १० मध्येबाट विजेता १ जना कालिफोर्नियाको सिलिकन भ्यालीमा हुने फाईनलमा सहभागी हुन पाउने छन् ।

अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वल्र्डकपको सुरुवात गरेको हो । विकसित देशहरु सबैजसोमा स्टार्टअफ वल्र्डकपको आयोजना हुने गरेको छ । नेपालमा भने वल्र्ड ट्रेड गु्रप नेपालले आफ्नो सिस्टर कन्सर्न स्टार्टअप हब नेपाल मार्फत वल्र्डकप नेपालमा भित्र्याएको हो । स्टार्टअप वल्र्डकपको नेपाल रिजनल कम्पिटिसनलाई सिईओ क्लब ग्लोबलले टाईटल स्पोन्सर गरेको छ भने एन आईसि एसिया बैंकले ईन्नोभेटिभ बैंकिङ पार्टनरका रुपमा प्रायोजन गरेको छ ।

अमेरिकामा हुने ग्लोबल फिनालेमा विजयी हुने स्टार्टअपले एक मिलियन डलर १३ करोड नेपाली रुपैया बराबर लगानी पुरस्कार पाउने स्टार्टअप वल्र्डकपले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी