×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

गुँरास लाइफ इन्स्योरेन्सको नाफामा ४४.२७ प्रतिशतले वृद्धि, बीमा कोष १२ अर्ब नाघ्दा ईपीएस कति ? (विवरणसहित)

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको खुद नाफामा गतवर्ष ४४ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गतवर्ष कम्पनीले १७ करोड ५१ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४४.२७ प्रतिशत बढी हो । कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा १२ करोड १३ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको वित्तीय विवरणका अनुसार कम्पनीले नोक्सानी व्यवस्थाका लागि ६७ लाख ४० हजार रुपैयाँ छुट्याएको छ । अघिल्लो वर्ष कम्पनीको जगेडा कोषमा ५३ करोड ८४ लाख रहेको थियो भयो गतवर्ष सो कोषमा ९.०९ प्रतिशतले वृद्धि हुँदै ५८ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै कम्पनीको जीवन बिमा कोषको आकारमा १७.५८ प्रतिशतले बढोत्तरी भएको छ । कम्पनीको यो कोषमा कुल १२ अर्ब ४५ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ । अघिल्लो वर्ष बिमा कोष १० अर्ब ५९ करोड रुपैयाँ रहेको थियो । यता कम्पनीको खुद बीमा शुल्क आर्जनमा १६.१३ प्रतिशतले गिरावट आएको छ । गर्तवर्ष कम्पनीको बीमा शुल्क आम्दानी ३ अर्ब ५ करोड रुपैयाँ रहेको छ ।

२ अर्ब ८ करोड ४२ लाख ५० हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको समिक्षा अवधिसम्म आइपुग्दा प्रतिसेयर आम्दानी (ईपीएस) ८ रुपैयाँ ४० पैसामा सिमित भएको छ भने प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ७८ पैसा रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: