×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नापतौलको गुणस्तर व्यवस्थापनका लागि विधेयक, विश्वसनीयता बढाउन टेवा दिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नापतौलको गुणस्तर व्यवस्थापनका लागि विधेयक, विश्वसनीयता बढाउन टेवा दिने

रासस

१७ श्रावण २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले स्ट्यान्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयकले विश्वबजारमा जाने नेपाली सामानलाई प्रमाणीकरण गरी विश्वसनीयता बढाउन टेवा दिने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘स्ट्यान्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै मन्त्री बडूले नापतौलका क्षेत्रमा मुलुकमा समरूपता परीक्षण, निरीक्षण र गुणस्तरीयताका लागि विधेयक आवश्यक भएको बताए । उनले नापतौलको गुणस्तर व्यवस्थापन, अन्तर्राष्ट्रियस्तरको वैज्ञानिक पद्धति र आधुनिक प्रविधिको उपयोग गर्नेगरी विधेयक ल्याइएको जानकारी दिए ।

बैठकले सो विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही साउन २२ गते आइतबार बिहान ११ बजे बस्नेछ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी