×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतबाट घटेर आयो पेट्रोलको मूल्य, आयल निगम अब नाफामा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

भारतबाट घटेर आयो पेट्रोलको मूल्य, आयल निगम अब नाफामा

Artha Sarokar

१६ श्रावण २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पछिल्लो लामो समयदेखि महंगीको मारमा परेका नेपाली जनताहरु मूल्य घट्ने दिनको प्रतिक्षामा छन् । हरेक क्षेत्रमा भएको मूल्यवृद्धिको मारमा परेको भन्दै विभिन्न विद्यार्थी संगठनहरुले आन्दोलन तथा विरोध समेत गरे । तर पनि आयल निगम घाटामै गएको भन्दै नेपाल सरकारले मूल्य घटाउने सुरसार नै गरेन । यसैबीच भारतबाट आयातित हुने पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।

सोमबार निगमलाई प्राप्त सूचि अनुसार भारतबाट आयात हुने पेट्रोलमा १६ रुपैयाँ ८० पैसा र डिजल र मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा मूल्य घटेर आएको छ । यसभन्दा अघिपनि भारतबाट आयात हुने पेट्रोलमा १५ रुपैयाँ ७६ पैसा र डिजेल र मट्टितेलमा प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको थियो । भारतबाट आउने पेट्रोलियम पदार्थमा मूल्य घटेर आएपनि आयल निगमले मूल्य नघटाउँदा निगम अब नाफामा गएको देखिन्छ । तर पनि नेपाल आयल निगमले मूल्य घटाउनेतर्फ भने चासो देखाएको थिएन । यसपटकपनि पेट्रोलिय पदार्थमा मूल्य घटेर आएको भएपनि नेपाल सरकारले मुल्य घटाउनतिर भने कुनै चासो देखाएको छैन ।

अन्तर्राष्ट्रिय मूल्य अनुसार १५–१५ दिनमा मूल्य समायोजनको नियम बनाएको निगमले मूल्य बढेको भन्दै सातामै तीन पटकसम्म मूल्य समायोजन गरेको आयल निगमले भारतबाट मूल्य घटेरै आउँदापनि खासै चासो भने नदेखाएको हो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी