काठमाडौं । अभियान लघुवित्तको आइपीओ बाँडफाँट हुने भएको छ । कम्पनीको आइपीओ साउन ३० गते सोमबार आफ्नै कार्यालय नक्साल काठमाडौंमा बिहान ९ बजेपछि बाँडफाँट हुने भएको हो । अत्याधिक आवेदन परेकाले कम्पनीको आईपीओ पाउन भने भाग्यकै भर पर्नुपर्ने देखिएको छ ।
यो आईपीओमा ९१ हजार ३ सय ७५ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १९ लाख ५१ हजार ६ सय ४५ जनाको भने हात खाली हुनेछ । यसमा कुल २० लाख ४३ हजार २० जनाले २ करोड ३१ लाख १६ हजार ९० कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँट गरिनेछ ।
कम्पनीको आईपीओमा कुल २ अर्ब ३१ करोड १६ लाख १९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । जसमध्ये ५५ अर्थात् ४८ हजार ७५० कित्ता सामुहीक लगानी कोष र ०.५५ अर्थात् १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।
बाँकी ९ लाख १३ हजार ७ सय ५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् । इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्यूअर रेटिङ’ डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन पुरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्