काठमाडौं । सिबिफिन र एक्यानीबीच वित्तीय क्षेत्रको अध्ययन तथा अनुसन्धान गर्ने सम्झौता भएको छ । शुक्रबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफन) र नेपाल चाटर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)बीच अध्ययन सम्झौता भएको हो ।
सम्झौता अनुसार दुवै संस्थाले पारस्परिक सहकार्यमा अध्ययन तथा अनुसन्धान गर्ने, आर्थिक एवं वित्तीय सवलीकरण सम्बन्धी विविध कार्यक्रमहरु सञ्चालन गर्नेछन् । नीति नियमको प्रभाव मूल्याङ्ककन तथा बहस पैरवी गर्दै देशको समग्र आर्थिक विकासका लागि सम्बन्धित निकायसँग पहल गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
देशभरका बैंकिङ क्षेत्रमा देखिएको आर्थिक संकट र समाधानका विषयमा आपसी सहकार्य गरी सरोकारवाला पक्षहरुबीच व्यापक छलफल गरी अध्ययन तथा अनुसन्धान गरिने र सुझावसहितको प्रतिवेदन तर्जुमा गरी सम्बन्धित निकायहरुमा पेश गर्ने समेत सम्झौतामा उल्लेख गरिएको छ । त्यस्तै दुबै संस्थाले संयुक्त रुपमा स्वदेशी तथा बैदेशिक लगानी आकर्षण गर्ने नीति र वातावरण सुधार, औधोगिक एवं व्यवसायिक क्षेत्रमा देखिएका समस्या र समाधानका उपायहरु, वैदेशिक व्यापारमा देखिएका समस्या र समस्या न्यूनिकरणका उपायहरु लगायतका विषयमा अध्ययन अनुसन्धान गर्नेछन् ।
शुक्रबार भएको सम्झौतामा सिबिफिनको तर्फबाट अध्यक्ष पवनकुमार गोल्यान र एक्यानकोतर्फबाट अध्यक्ष दिपक पाण्डेले हस्ताक्षर गरेका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्