काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा चारवटा सुनको औंठीसहित दुईजना पक्राउ परेका छन् । दुबईबाट नेपाल एयरलाइन्सको विमानमार्फत काठमाडौं आएका दुईजनालाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोरङका विवेक तिम्सिना र काठमाडौं दक्षिणकालीका साजन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार तिम्सिना र श्रेष्ठले ८०/८० ग्राम सुनको औंठी काठमाडौं ल्याएका थिए । प्रहरीका अनुसार नेपाल एयरलाइन्सको विमानमार्फत आएका दुईजनाको गतिविधि शंकास्पद लागेपछि उनीहरुलाई आगमन टनेल गेटबाटै नियन्त्रणमा लिइएको थियो ।
लुकाइछिपाई अवैध रुपमा सुनको औंठी छिराउन खोजेको भन्दै नियन्त्रणमा लिएर थप अनुसन्धान र कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाएको विमानस्थल प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्