×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइटेल मोबाइलको ब्राण्ड एम्बासडरमा क्रिकेटर अमित श्रेष्ठ नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

आइटेल मोबाइलको ब्राण्ड एम्बासडरमा क्रिकेटर अमित श्रेष्ठ नियुक्त

Artha Sarokar

३० श्रावण २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आइटेल मोबाइलको ब्राण्ड एम्बासडरमा क्रिकेटर अमित श्रेष्ठ नियुक्त भएका छन् । नेपालका लागि आइटेल मोबाइलको आधिकारिक विक्रेता महालक्ष्मी अमितलाई ब्राण्ड एम्बासडर नियुक्त गरेको हो । सोमबार आयोजित एक कार्यक्रममा महालक्ष्मी मोबाइल्सका बिजनेस डेपलपमेन्ट हेड राजेश पौडेल र क्रिकेटर अमित श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

श्रेष्ठलाई एक वर्षको लागि ब्राण्ड एम्बासडर नियुक्त गरिएको पौडेलले जनाएका हुन् । पौडेलले भने ‘अहिले एक वर्षको सम्झौता गरेका छौँ । आपसी समझदारीमा नवीकरण गर्दै जान मिल्छ ।’ उक्त सम्झौता अनुसार महालक्ष्मी मोबाइल्सले श्रेष्ठलाई एक वर्षका लागि क्रिकेट सामग्रीहरु प्रदान गर्ने भएको छ । क्रिकेटर अमितले क्रिकेट खेल्दा ब्याटमा आइटेल मोबाइलको लोगो प्रयोग  गर्नुपर्नेछ ।

बारा कलैयाका अमितले पहिलो पटक प्रायोजक पाएकोमा खुशी व्यक्त गर्दै यसले आफूलाई धेरै सहयोग मिल्ने बताएका हुन् । उनले भने,’मैले क्रिकेट खेल्न थालेको करिब १५ वर्ष भयो । मैले पहिलो पटक यसरी प्रायोजक पाएको छु । मलाई सपोर्ट गरेकोमा महालक्ष्मी मोबाइल्सलाई धन्यवाद । यसले मेरो आगामी क्रिकेट करियरमा सहयोग पुग्ने विश्वास रहेको छ ।’

विभागीय टोली नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्ने अमितले फ्रेन्चाइज क्रिकेट एभरेष्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिग खेलिसकेका छन् ।नेपाली यू-१९ राष्ट्रिय टिमका लागि खेलिसकेका अमितले राष्ट्रिय टिममा भने खेल्ने अवसर पाएका छैनन् । उनले सन् २०१२ मा घरेलु राष्ट्रिय क्रिकेटमा लगातार दुई खेलमा शतक प्रहार गरेका थिए । अमितले सन् २०१३ मा एसीसी यू-१९ इलाइट कप र एसीसी यू-१९ एसिया कप खेलेका थिए ।

सन् २०१७ मा स्थापना भएको महालक्ष्मी मोबाइल्सले ब्राण्ड अवारनेसका लागि अमितलाई ब्राण्ड एम्बासडर बनाएको हो । ‘क्रिकेट सबैले रुचाएको खेल हो । खेलका लागि केही गरौं भनेर नै क्रिकेट खेलाडीलाई सहयोग गरेका हौं । खेलाडीलाई प्रमोट गर्दा हामीलाई पनि गर्व हुन्छ र उहाँलाई पनि सहयोग भन्ने हिसावले सहयोग गरेका हौं ‘ पौडेलले भने ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी