काठमाडौं। तत्कालिन अर्थमन्त्री जनार्दन शर्मा पुन: अर्थमन्त्री पदमा नियुक्त भएका छन्। संसदीय छानबिन समितिबाट क्लिन चिट पाएपछि अर्थमन्त्री शर्मा आइतबार मन्त्रालय फर्किएका हुन्। तर, अर्थसचिव मधुकुमार मरासिनी भने शर्मालाई स्वागत गर्न मन्त्रालय नै आएनन्न। यस्तै उनि आफ्नो नियमित काममा पनि फर्किएका छैनन्।
अर्थमन्त्री शर्माको अब मुख्य जिम्मेवारी आफूले ल्याएको ठूलो आकारको बजेट कार्यान्वयनमा ल्याउनु छ। उनले विवादित बनेका करका दर हेरफेर गर्ने प्रक्रिया अगाडि बढाउनेछन्। मन्त्रालयमा फर्किएसँगै उनको नजर कर्मचारीमाथि परेको छ।
मन्त्रालयमा पुन: जिम्मेवारी पाएपछि मन्त्री शर्माले प्रधानमन्त्री शेरबहादुर देउवासँग आफू अनुकूल सचिव ल्याउन सहयोग मागिसकेका छन्। विशेषगरी अर्थसचिव मरासिनी शर्मालाई उनले फेर्न चाहेका छन्। मन्त्री शर्माले ६ महिनाअघि नै मरासिनीलाई फेर्न चाहेका थिए। तर माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आडभरोसाले फेरिएनन्।
मन्त्री शर्मा निकट स्रोतले भन्यो ‘मन्त्रालयको गोपनीयता र विषयगत काममा शर्मालाई चाहे जस्तो सहयोग मरासिनीले गरेनन्। फेर्न खोज्दा मन्त्रालयको विषयमा उठेको विवादमा मलजल गरेको जानकारी पाएपछि शर्मा थप चिढिएका छन्।’
स्रोतका अनुसार मन्त्री शर्माले प्रधानमन्त्रीसँग सचिवले सहयोग नगर्दा आफू विवादमा तानिएको ब्रिफिङ गरेका छन्। बजेट सार्वजनिक गर्ने अघिल्लो रात मन्त्री शर्माले बाहिरी व्यक्ति मन्त्रालयमा प्रवेश गराएको आरोप लागेको थियो। छानबिन गर्न सरकारले समिति गठन गरेपछि पदबाट राजीनामा गरेर तीन सातापछि शर्मा पुनः मन्त्रालय फर्किएका हुन्।
सचिव मरासिनी अझै मन्त्रालयमा हाजिर भएका छैनन्। उनी शर्मा आउनु अघि नै पोखराको एक कार्यक्रममा सहभागी हुन गएका थिए। मंगलबार मन्त्रालय हाजिर नभई उनी घर बिदामा बसेका छन्। मन्त्रालयको प्रशासन महाशाखामा मंगलबार घर बिदामा बसेको जानकारी गराएका छन्। उनी बुधबार जाने र नजाने निश्चित छैन।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्