×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बालाजुमा भएको आगलागी नियन्त्रणबारे गृहमन्त्रीको चासो, यथाशक्य छिटो गर्न निर्देशन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बालाजुमा भएको आगलागी नियन्त्रणबारे गृहमन्त्रीको चासो, यथाशक्य छिटो गर्न निर्देशन

रासस

२५ श्रावण २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित औद्योगिक क्षेत्रभित्र रहेको वान वल्र्ड जुत्ता कम्पनीमा भएको आगलागीबाट पुगेको क्षति र आगलागी नियन्त्रणबारे चासो व्यक्त गर्दै सम्बन्धित निकायसँग जानकारी लिएका छन् ।

उनले थप जनशक्ति र साधन प्रयोग गरी आगलागी नियन्त्रण तथा अन्य व्यवस्थापन गर्न र थप सहयोग आवश्यक परे माथिल्लो निकायमा तत्काल जानकारी गराउन पनि निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणले काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजिपी) रवीन्द्रबहादुर धानुक, काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र काठमाडौँ जिल्लाका सुरक्षा प्रमुखलाई यथाशक्य छिटो आगलागी नियन्त्रण गर्न निर्देशन दिएका छन् ।

एआइजी धानुकले गृहमन्त्रीको निर्देशनअनुरुप थप शक्ति पठाएर आगलागी नियन्त्रण गर्ने प्रयास भइरहेको जानकारी गराएका छन् । काठमाडौँका प्रजिअ रिजालले विद्युत् सट भएर सो आगलागी भएको जानकारी दिए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी