गजल नम्बर १
तिमी नै हौ आशा बालेन, तिमी अघि बढ्नुपर्छ
नफर्क अव, नतर्स रति, लुट-आतंक उखड्नु पर्छ
बुझिसक्यौ बालेन तिमीले कस्तो ध्वस्त सिष्टम छ यहाँ,
त्यहि गलत सिष्टम ध्वस्त पार्न, तिमी एटम बनेर झर्नुपर्छ
हो, कानुन हो, सबैलाई कानुन, समान बने पो कानुन हुन्छ
यहि विधिको शासनका लागि, तिमीले अन्तिमसम्म लड्नुपर्छ
भुक्छन् नेताका झोलेहरु, कराउँछन् लुट्न पल्केका टोलेहरु
तर पनि तिमी निर्भीक बनेर, बिकासको सदबीज छर्नुपर्छ
र पाँच बर्षमा काम यस्तो देखाउ, बुझुन, १० कक्षा फेलहरुले
राजनीति गर्न पनि राम्रोसँग पढ्नुपर्छ
गजल नम्बर २
भत्काउन अवैध पर्खाल बालेन आफैं लागेपछि
भाग दौड छ माफियाको हाम्रो मेयर जागेपछि
जनमतलाई शिरमा राखी, भिरमा पनि फूल्छन् बालेन
बल्ल, सुन्दर बन्छ हाम्रो शहर, फोहोरी सिष्टम त्यागेपछि
जव डोजर लिएर आए बालेन, सात्तो पुत्लो गयो जसको
बन्छ शहर, महानगर, तीनै फटाहा भागेपछि
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्