×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भुटानमा पनि आर्थिक संकट चुलियो, विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि सवारी साधन आयातमा प्रतिबन्ध

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

भुटानमा पनि आर्थिक संकट चुलियो, विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि सवारी साधन आयातमा प्रतिबन्ध

६ भाद्र २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आर्थिक संकट चुलिदै गएपछि भुटानमा सवारी साधनहरुको आयातमा प्रतिबन्ध लगाइएको छ । विदेशी मुद्रा सञ्चितिमा दबाब परेको ठहर गर्दै भुटान सरकारले व्यावसायीक प्रयोजनका सवारी साधन, अर्थ मुभर्स र कृषि मेसीनरीबाहेक अन्य सवारी साधनको आयातमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

तेल र खाद्यान्नको चर्को मूल्यवृद्धिले भुटानको अर्थतन्त्रमा नकरात्मक असर परेको हो । भुटानमा ‘शून्य कोभिड नीति’ का कारण विदेशी पर्यटकको आगमन २ वर्षयता ठप्प हुँदा विदेशी मुद्रा सञ्चिति घट्दो क्रममा रहेको छ । सन् २०२१ अप्रिलमा १ अर्ब ४६ करोड अमेरिकी डलर रहेको भुटानको विदेशी मुद्रा सञ्चिति घटेर सोही वर्षको डिसेम्बर महिनामा ९७ करोड डलरमा सिमित भएको थियो । भुटानको अर्थमन्त्रालयले विज्ञप्ति जारी गर्दै २० हजार डलर भन्दा कम मूल्यका व्यवसायीक प्रयोजनका सवारी साधन आयात गर्न र पर्यटन प्रयोग प्रवर्धनका लागि प्रयोग गर्न छुट दिइने जनाएको छ ।

भुटान सरकारले लागु गरेको आयात प्रतिबन्धको व्यवस्था विदेशी मुद्रा सञ्चितिको अवस्था हेरी अबको ६ महिनापछि पुनरावलोकन गरिने भुटान सरकारले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: