×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राजस्व असुलीको प्रतिशत घट्दै, कार्यालयबाट निरन्तर प्रगति गुम्दै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

राजस्व असुलीको प्रतिशत घट्दै, कार्यालयबाट निरन्तर प्रगति गुम्दै

रासस

२० श्रावण २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

विराटनगर । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९मा कूल रु. ४० अर्ब ४२ करोड ७७ लाख ७९ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु. ४९ अर्ब ६५ करोड ९५ लाख चार हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा ८१.४१ प्रतिशत मात्र प्रगति हासिल गरेको छ । कुनै पनि शीर्षकमा लक्ष्य हासिल गर्न नसकेको कार्यालयबाट निरन्तर प्रगति गुम्दै गएको पाइएको छ ।

कार्यालयले सङ्कलित राजस्वमा भन्सार महसुल रु. १५ अर्ब ३२ लाख छ हजार मूल्य अभिवृद्धि कर रु. २० अर्ब ८७ करोड ६७ लाख २९ हजार, अन्तःशुल्क रु. दुई अर्ब ५७ करोड ७२ लाख २९ हजार र अन्यबाट रु. एक अर्ब ९७ करोड छ लाख १६ हजार राजस्व सङ्कलन गरेको छ ।

आव २०७७/७८ मा कार्यालयले कूल रु. ४० अर्ब ८१ करोड ९० लाख १३ हजार राजस्व सङ्कलन गरी ८८.४५ प्रतिशत प्रगति हासिल गरेको थियो । सो अवधिमा कार्यालयले रु. ४६ अर्ब १४ करोड ९५ लाख ८९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी