×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमान्डूले ११ लाख इकाईका लागि ऋणपत्र खुला गर्यो, वार्षिक ब्याजदर १०.५० %, कसरी दिने आवेदन ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बैंक अफ काठमान्डूले ११ लाख इकाईका लागि ऋणपत्र खुला गर्यो, वार्षिक ब्याजदर १०.५० %, कसरी दिने आवेदन ?

२ भाद्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बैंक अफ काठमान्डूले बिहीबारबाट ११ लाख इकाई ऋणपत्र खुला गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा १ अर्ब १० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो । बैंकले खुला गरेको कुल १ अर्ब १० करोड ऋणपत्रमा सर्वसाधारणले ४ लाख ४० हजार इकाईका लागि आवेदन दिन सक्नेछन् भने ६ लाख ६० हजार इकाई ऋणपत्र व्यक्तिगत तवरबाट लिन सकिनेछ । यसबाट सामूहिक लगानी कोषलाई ५% छुट्याएको छ ।

सोही अनुसार सामूहिक लागानी कोषहरुले कुल २२ हजार इकाई पाउनेछन् । यस ऋणपत्रमा वार्षिक १०.५०% ब्याजदर पाइनेछ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले ७ वर्ष अवधिको बिओके डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गरेको हो । बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले गर्नेछ ।

बैंकले खुला गरेको ऋणपत्रका लागि छिटोमा भदौ ७ गते सम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने भदौ १६ गतेसम्म भर्न सकिनेछ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी