×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमाण्डूको नक्साल स्थित संरचना भत्काउन पुग्यो महानगर, नक्साबारे अध्ययन हुँदै, डोजर स्ट्याण्डबाई !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बैंक अफ काठमाण्डूको नक्साल स्थित संरचना भत्काउन पुग्यो महानगर, नक्साबारे अध्ययन हुँदै, डोजर स्ट्याण्डबाई !

Artha Sarokar

१५ भाद्र २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ ।  नियम मिचेर अवैध संरचना बनाएको उजुरीपछि काठमाडौँ महानगरपालिकाको टोली नक्सालस्थित बैंक अफ काठमाण्डुको भवन भत्काउन पुगेको छ ।

यद्यपी त्यहाँ नक्सा नभेटिएपछि नक्सा खोज्न महानगरको टोली कार्यालय फर्किएको छ । नक्सा हेर्दा अवैध संरचना बनाएको भेटिएमा सो भवन आजै भत्काउने महानगरले जनाएको छ ।
यतिबेला सो भवन परिसरमा सो वडाका वडाअध्यक्ष लगायत अन्य स्थानीय र मिडियाकर्मीहरु जम्मा भएका छन् । महानगरको टोली भने नक्सा हेर्न कार्यालय फर्केको छ ।
नक्सा हेरेर गैरकानुनी संरचना भएको ठहर भएमा टोली पुन त्यहाँ आएर भवनमा डोजर चलाउनेछ । डोजर स्ट्याण्डबाई राखिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी