×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रत्नपार्कमा राखियो विद्युतीय चार्जिङ स्टेसन, देशभरका ५१ ठाउँमा सञ्चालन गर्ने तयारी

GLOBAL IME BANK

रत्नपार्कमा राखियो विद्युतीय चार्जिङ स्टेसन, देशभरका ५१ ठाउँमा सञ्चालन गर्ने तयारी

१४ भाद्र २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौंको रत्नपार्कमा चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । मंगलबार रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा उर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चार्जिङ स्टेसनको उद्घाटन गरेकी हुन् ।

विद्युत् खपत प्रबर्द्धन गर्न तथा विद्युतीय सवारीको प्रयोगलाई बढावा दिने उद्देश्यले चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ । योसँगै देशका विभिन्न शहर तथा राजमार्गहरुमा पनि थप ५१ वटा चार्जिङ स्टेसन स्थापना गर्ने तयारी गरिरहेको प्राधिकरणले जनाएको छ ।

२६ वटा जीबीटी (ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार आदिको लागि) चार्जरर २५ वटा सीसीएस (साना ठूला कारहरु) चार्जर रहेका छन् । जसका लागि आवश्यक एनएसपी (नेशनल सर्भिस प्रोभाइडर) प्रणालीको विकास गरिएको प्राधिकरणले जनाएको छ। एनएसपीमार्फत उपभोक्ताले अनलाइन बुकिङ गर्न सक्नेछन् । चार्जको रकम भुक्तानीका लागि प्राधिकरणको मोबाइल एप्सप्रयोग गर्न सकिनेछ ।

प्राधिकरणले निर्माण गरिरहेका हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन विलिङ प्रणालीको जडान गरिने छ । चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०÷६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जरहरु राखिने छन् । साथै सशस्त्र प्रहरीले सञ्चालन गर्नेगरी १७ वटा र नेपाल प्रहरीले सञ्चालन गर्नेगरी २५ ठाउँमा चार्जिङ स्टेसन बनाउन प्राधिकरणले सम्झौता गरेको छ । ३ सयभन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिने छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: