काठमाडौँ । नागरिक लगानी कोषको अघिल्लो आर्थिक वर्ष २०७७–७८० को वार्षिक साधारण सभा हुने भएको छ । कम्पनीको साधारण सभा भदौ ६ गते हुने भएको हो । सभामा ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७८५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुने भएको छ । कम्पनीको असार ११ गते बसेको सञ्चालक समिति बैठकले यस्तो निर्णय गरेको थियो ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि सीआइटीले साउन २५ गते बुक क्लोज गरिसकेको छ । कम्पनीमा साउन २४ गतेसम्म कायम रहेका सेयरधनीहरुले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । कोषले ९८ करोड १० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो ।