×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मुल्य ६ महिनायताकै न्युन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मुल्य ६ महिनायताकै न्युन

२ भाद्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ६ महिनायताकै न्यून विन्दुमा आएको छ । विश्व बजारमा फेब्रुअरीयताकै न्युन मुल्यमा ‘ब्रेन्ट क्रुड’ ९१.५१ अमेरिकी डलरमा कारोबार भएको छ । त्यस्तै ‘वेस्ट टेक्सास इन्टरमिडिएट क्रुड’ ८६.३३ डलरमा आएको छ ।

यसअघि अमेरिकी कच्चा तेल र इन्धनको स्टक घटेको रिपोर्ट बाहिरिएका कारण तेलको मूल्य केही बढेपनि बुधबार पुनः घटेको रोएटर्सले उल्लेख गरेको छ । अमेरिकाको कच्चा तेलको भण्डारण करिब ४ लाख ४८ हजार ब्यारेल र पेट्रोलको भण्डारण ४५ लाख ब्यरेलले घटेको रिपोर्ट बाहिरिएको थियो । विशेषगरी, विश्वव्यापी आर्थिक मन्दीको सम्भावना कायमै रहेका कारण तेलको भाउमा असर परेको हो ।

आर्थिक मन्दीले मागमा संकुचन ल्याउने सम्भावना बढेपछि तेलको भाउ घटेको बताइएको छ । यता, चिनियाँ मागमा कमी आएका कारण पनि तेलको भाउमा गिरावट आएको विश्लेषण भएको छ । कतिपयले तेलको भाउ अझै घट्नसक्ने अनुमान गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी