काठमाडौं । डिजिटल मुद्रा क्रिप्टोकरेन्सीलाई मान्यता दिनुपर्ने भन्दै सर्वोच्च अदालतमा बिहीबार रिट निवेदन दर्ता भएको छ ।
नेपाल राष्ट्र बैंकले क्रिप्टो लगायतका डिजिटल मुद्रालाई कानूनी मान्यता नदिने निर्णय खारेज गर्नुपर्ने र डिजिटल मुद्रालाई कानुनी मान्यता दिनुपर्ने माग राखी रिट दर्ता भएको हो । अधिवक्ता सागर बराल लगायतले सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, नेपाल राष्ट्र बैंक, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, र नेपाल प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको छ । आगामी सोमबार निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्