×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धौलागिरी लघुवित्तको मंगलबार आइपीओ बाँडफाँट हुँदै, कति जनाले पाउँदैछन् सेयर ?

PRIME CA
GLOBAL IME BANK

धौलागिरी लघुवित्तको मंगलबार आइपीओ बाँडफाँट हुँदै, कति जनाले पाउँदैछन् सेयर ?

५ भाद्र २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । धौलागिरी लघुवित्तको आइपीओ आइपीओ बाँडफाँट हुने भएको छ । कम्पनीको आइपीओ भदौ ७ गते मंगलबार बाँडफाँट हुने भएको हो । कम्पनीको आईपीओ पाउन भने भाग्यकै भर पर्नु पर्नेछ ।आइपीओमा मागभन्दा ७०.२२ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा ३० हजार ९ सय २९ जनाले मात्र सेयर हात पार्नेछन् ।

धौलागिरी लघुवित्तको बाँकी १९ लाख २१ हजार ५ सय ३१ जनाको भने हात खाली हुनेछ । कुल १९ लाख ५२ हजार ४६० जनाले २ करोड १७ लाख २१ हजार ५ सय ७० कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीको कुल २ अर्ब १७ करोड २१ लाख ५७ हजार रुपैयाँ बरारको आवेदन परेको छ । धौलागिरीले साउन २४ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको थियो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । यस मध्ये ५५ अर्थात् १६ हजार ५५० कित्ता सामुहीक लगानी कोष र ०.५५ अर्थात् ५ हजार १ सय ५५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको हो । बाँकी ३ लाख ९ हजार २ सय ९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो ।

रेटिङ एजेन्सी कियर नेपालले लघुवित्तको आइपीओलाई ‘कियर एनपी डबल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन पुरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: