×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

श्रीलङ्कामा आर्थिक सङ्कट कायमै, ३०० भन्दा बढी वस्तुमा आयात प्रतिबन्ध

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

श्रीलङ्कामा आर्थिक सङ्कट कायमै, ३०० भन्दा बढी वस्तुमा आयात प्रतिबन्ध

९ भाद्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । श्रीलङ्काले आयात प्रतिबन्धलाई कडाइ गर्दै थप ३०० भन्दा बढी वस्तुमा प्रतिबन्ध लगाएको छ । आर्थिक सङ्कटका कारण महिनौँदेखि आवश्यक बस्तु तथा सामानमा अभाव सिर्जना हुने गरेको छ । आर्थिक सङ्कटका कारण सुरू भएको देशब्यापी आन्दोलनको बलमा सो समय देशको नेतृत्व गर्दै आएका राष्ट्रपति गोटावाय राजापाक्षलाई पदच्युत गरिएको थियो । राष्ट्रपतिको कार्यालयलाई प्रदर्शनकारीले घेराउ गर्दै कब्जा गरेपछि उनी सेनाको सहयोगमा माल्दिभ्स हुँदै सिङ्गापुर पुगेर राजिनामा घोषणा गरेका थिए । उनी अहिले थाइल्याण्डमा रहेका छन् भने उनी स्वदेश फर्कन चाहेको उनको पार्टीले जनाएको छ ।

गत जुलाईमा राजापाक्षलाई पदबाट हटाएपछि राष्ट्रपति रनिल विक्रमासिङ्घेले विदेशबाट श्रीलङ्का आयात हुने घरेलु उपकरण र खेल सामग्रीलगायतका सामानमा प्रतिबन्ध लगाएका थिए । दुई करोड २० लाख जनसङ्ख्या भएको दक्षिण एशियाली टापु राष्ट्रले विदेशी मुद्राको अभावका कारण धेरै आवश्यक वस्तुको चरम अभाव झेल्दै आएको छ । केन्द्रीय बैंकले गत साता विदेशी मुद्राको अभाव कम हुँदै गएको घोषणा गरे पनि नयाँ प्रतिबन्ध लगाइएको हो ।

यद्यपि, श्रीलङ्काको अर्थतन्त्र यस वर्ष अपेक्षा गरिएभन्दा ८.० प्रतिशतले खुम्चिने अनुमान गरिएको छ र सेप्टेम्बरसम्ममा मुद्रास्फीति ६५ प्रतिशतमा पुग्ने अनुमान गरिएको छ । विदेशी मुद्राको अभावका कारण श्रीलङ्काले अप्रिलमा आफ्नो ५१ अर्ब अमेरिकी डलरबराबरको बाह्य ऋणको भारीे तिर्न असफल भएकोे थियो । अन्तर्राष्ट्रिय मुद्रा कोषको एक प्रतिनिधिमण्डलले बुधबार श्रीलङ्काका अधिकारीहरूसँग कर्जा सहयोगका लागि वार्ता जारी राख्ने कार्यक्रम छ । तर श्रीलङ्काको सबैभन्दा ठूलो ऋणदातामध्ये चीनले आफ्नो ऋणको पुनर्संरचना गर्न इन्कार गरेमा आईएमएफको सहायतामा ढिलाइ हुन सक्छ ।

बेइजिङले विद्यमान ऋणमा कटौती गर्नुको साटो थप ऋण जारी गर्ने आफ्नो प्रस्तावबाट सार्वजनिक रूपमा पछि हटेको छैन । श्रीलङ्काका लागि विदेशी मुद्राको प्रमुख स्रोतका रुपमा रहेको विप्रेषण गत वर्षको सोही अवधिको तुलनामा छ महिनामा ५० प्रतिशतले घटेर एक अर्ब ६० करोड अमेरिकी डलरमा झरेको छ । ७३ वर्षीय राजापाक्ष गत जुलाईमा उनको सरकारी निवासमा प्रदर्शनकारीले आक्रमण गरेपछि महिनौँसम्म चलेको विरोध प्रदर्शनपछि उनी भागेर सिङ्गापुर पुगेका थिए । त्यसपछि उनी थाइल्याण्ड उडेका छन् तर उनी स्वदेश फर्कन चाहेको उनको पार्टीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: